प्रधानमन्त्री केपी ओलीद्धारा केही पृथकतावादी शक्तिले मुलुक टुक्र्याउने षड्यन्त्र गरिरहेको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्र्याउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्रज्ञा सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावादीलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका हुन । उनले मुलुक टुक्र्याउने षड्यन्त्र कुनै पनि हालतमा सैह्य नहुने स्पष्ट पारे ।
हिंसात्मक राजनीति र गलत व्यवस्थापनका कारण मुलुक गरिव भएको भन्दै उनले अब लोकतान्त्रिक विधि र मान्यता अनुरुप समस्याको समाधान खोजिने बताए ।
प्रधानमन्त्री ओलीले आफूले पाएको अवसरलाई सदुपयोग गर्ने प्रतिज्ञा गर्दै राष्ट्रिय एकता टुक्र्याउने तागत अब कसैको नभएको बताए ।
उनले मुलुकलाई तिब्र परिवर्तन गर्ने अग्रसरतामा सरकार लागेकाले सबैको सहयोग पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले मुलुकको कला, संस्कृति, साहित्यलगायतका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । इमेजखबरमा समाचार छ ।