राजधानीसँग जोडिएको जीवनपुरगाविसका ४ सय ७२ घरधुरीका बासिन्दाले पूर्ण क्षतिको विवरण संकलन निष्पक्ष नभएको र आफूहरुलाई पनि १५ हजार लगायत न्यानो कपडा दिन माग गरेका छन् । ४ वटा बस रिजर्भ गरेर बिहीबार स्थानीय प्रशासन घेराउगर्न आएका जीवनपुर बासिन्दाले राज्यले आफूहरुलाई नगद र राहत त के परिचय पत्रसम्म नदिएको दाबी गरेका छन् । ईकान्तिपुरमा समाचार छ ।
जीवनपुर गाविसबाट २२ सय घरधुरी पूर्ण क्षतिको विवरण प्राप्त भएपनि स्थानीय प्रशासनले १७ सय घरधुरीलाई मात्रै अघिल्लोपटक १५ हजार नगद वितरण गरिएको थियो ।
प्रजिअ सुवेदीले जीवनपुरवासी लाई सरकारी तबरबाटै पूर्णक्षतिको पुन: विवरण संकलन गरिने बताएपछि स्थानीय बासिन्दा पर्केका थिए ।
जिल्ला भरमा भूकम्पले पूर्ण क्षति भनिएका ८३ हजार घरधुरी मध्ये ६८ हजारले नगद राहत पाइसकेका छन् भने आशिंक क्षति उल्लेख गरिएका करिव १५ हजार घरधुरीहरुले पूर्णक्षति सरह राहत तथा परिचय पत्र पाउनु पर्ने माग राख्दै निवेदन दिएका छन् ।
जिल्लामा हाल सम्म सरकारले प्रथम चरणमा १ अर्ब ३० करोड रुपैयाँ रकम वितरण गरिसकिएको छ भने न्यानो कपडाका लागि ६९ करोड रुपैयाँ रकम वितरण गरिएको छ । ईकान्तिपुरमा समाचार छ ।
चेपाङले पनि घेरे गाविस कार्यालय
न्यानो कपडा वितरण गर्न आएको संस्थालाई स्थानीय प्रशासनले वितरणमा रोक लगाएको भन्दै जोगीमाराका सयौं चेपाङ तथा दलितहरुले बधबार दिनभर गाविस भवन घेराउ गरेका छन् ।
भूकम्प पीडितलाई सरकारले दिएको न्यानो कपडा खरिद गर्ने नगद राहत अन्य गाविसहरुमा वितरण भइसक्दा पनि ७ सय घरधुरी चेपाङहरु भएको जोगीमारामा हाल सम्म वितरण हुन सकेको छैन ।
जोगीमारामामा १७ सय घरधुरी मध्य १५ सय ४६ घर पूर्णक्षति भएको तथ्याङ्क छ । उक्त तथ्याङ्कमा ५० घर दलित र ६ सय ५० घर चेपाङ समुदायका छन् ।