भूकम्पपछिको पुनःनिर्माणका लागि इयुले थप सहयोग गर्ने

नेपालका लागि युरोपियन युनियनकी राजदूत रेन्से टिरिङ्कले भूकम्पपछिको पुनःनिर्माणका लागि इयुले थप सहयोग गर्ने बताएकी छन् ।
शुक्रबार राजधानीमा मिडिया प्लसले गरेको कार्यक्रममा राजदूत टिरिङ्कले पुनःनिर्माण तथा विकासका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएकी हुन् ।
उनले युरोपियन क्षेत्रमा नेपाली वस्तुको सहज बजार दिलाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । त्यसका लागि सार्क क्षेत्रीय वातावरण प्रयोग गर्ने उनको भनाइ छ ।
राजदूत टिरिङ्कले नेपालले संविधान निर्माणमा ब्रेक थु्र गरेको भन्दै संविधान जारीपछि देखिएको असझदारी पनि सहमतिकै आधारमा समाधान हुने विश्वास व्यक्त गरिन् ।
नेपाललाई संघीय शासनपद्दतिमा जानुपर्छ भनेर युरोपियन युनियनले कहिल्यै नभनेको पनि उनले दाबी गरिन् ।
विकासका लागि स्थानीय निर्वाचन छिटो होस् भन्ने चाहना भने इयुको रहेको उनले उल्लेख गरिन् । – इमेजखबरमा समाचार छ ।