१८औं भूकम्प सुरक्षा दिवसका अवसर पारेर राष्ट्रिय नागरिक समाजले गत वैशाख १२ गतेको भूकम्पमा पर्नेहरुलाई सहयोग पुर्याएका विभिन्न संघ-संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ ।
समाजले शनिबार राजधानीमा एक कार्यक्रम गरी भूकम्पपीडित बालबालिकालाई लत्ता-कपडा र शैक्षिक समाग्रीहरु पनि वितरण गरेको थियो ।
कार्यक्रममा उपप्रधान एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सरकारले भूकम्पपीडितका लागि पर्याप्त सहयोग गर्न नसकेको स्वीकार गरे ।
उनले भूकम्पले असर पुर्याएकै समयमा भारतले नाकाबन्दी गरी झन् समस्यामा पारेको बताए ।
तराईलाई हिमाल र पहाडबाट अलग्याउने चलखेल भइरहेको भन्दै उनले त्यो आफूहरुलाई स्वीकार्य नहुने बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिहंले राष्ट्रिय पुनःनिर्माण महाभियानमा सहयोग गर्न अपील गरे । इमेजखबरमा समाचार छ ।