सीमांकनको टुंगो लगाउनका लागि प्रस्तावित राजनीतिक संयन्त्रलाई संविधानको अनुसूचीमा राख्ने कि संसद्बाट अनुमोदन गर्ने भन्नेमा तीन दल-मधेसी मोर्चा कार्यदलबीच विवाद भएको छ । मोर्चाले संविधानको अनुसूची नम्बर १० मा राजनीतिक संयन्त्र र यसको कार्यविधि उल्लेख गरिनुपर्ने बताएको छ भने तीन दलले संसद्बाट दुई तिहाइले अनुमोदन गरे पुग्ने अडान लिएका छन् । ईकान्तिपुरमा समाचार छ ।
अहिले संयन्त्रको टीओआर (कार्यविधि) मै मतभेद चलिरहेको छ, संविधानको अंग बन्ने गरी छलफल त्यसपछि टुंग्याउँछौं, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, टीओआरमा हाम्रो र उहाँहरू (तीन दल) को पोजिसन अलग-अलग छ । त्यसैले सहमति हुन सकिरहेको छैन ।
मोर्चाको अडान कुन बुँदामा छ भन्नेमा कर्णले केही खुलाएनन् । बरु भने, हाम्रो अडान केमा छ भन्ने अहिल्यै भन्दियो भने सिद्धिहाल्छ नि, खेलै खत्तम ।
स्रोतका अनुसार मोर्चाले संयन्त्रको कार्यविधिमा