बाबुराम भट्टराईको नयाँ शक्ति नेपालद्वारा आफ्ना सबै सदस्यहरूका लागि ३० बुँदे आचारसंहिता जारी

नयाँ शक्ति नेपालले आफ्ना सबै सदस्यहरूका लागि ३० बुँदे आचारसंहिता जारी गरेको छ।
 
नयाँ शक्तिले राजनीतिलाई पेशा नभइ सेवा बनाउने तथा जीविकोपार्जनका लागि अलग्गै पेशा गर्ने, जर्बजस्ती चन्दा संकलन नगर्ने, सरकारी सम्पतिको अपचलन नगर्ने, परिवर्तनको सुरुवात आफैंबाट सुरु गर्ने लगायतका विभिन्न ३० बुँदा समावेश गरेर आचारसंहिता जारी गरेको हो। 

सेतोपाटीमा समाचार छ । 

 
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले शनिबार अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरूलाई आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको भनी सपथ खुवाएका छन्। संगठन संरचना निर्धारण, नेताहरूको कार्यविभाजन लगायतका विषयमा निर्णय लिनका लागि सुरु भएको बैठकको सुरुमा संयोजक डा. भट्टराईले सबै सदस्यहरूलाई सामूहिक रुपमा सपथ खुवाएका हुन्।
 
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले ३० बुँदे आचारसंहिता अन्तरिम केन्द्रीय परिषद्का सदस्यका अलावा नयाँ शक्तिमा लाग्ने सबैले अनिवार्य रुपमा पालना गर्नुपर्ने बताए।
 
दुई दिने बैठकमा मधेश, पहाड र हिमाल जोड्ने गरी त्रिभुजीय संगठनात्मक संरचना बनाउन प्रस्ताव गरिएको छ । १३ पृष्ठ लामो अन्तरिम पार्टी परिचालन निर्देशिकाको मस्यौदामार्फत बैठकमा युवा, प्रौढ र जेष्ठ सदस्यको सन्तुलन मिलाउने गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तरिम केन्द्रीय परिषद्लाई पार्टीको सर्वोच्च अंग बनाउन प्रस्ताव गरिएको छ। 
 
अन्तरिम केन्द्रीय परिषद्का अलावा केन्द्रीय संरचनामा अन्तरिम केन्द्रीय सल्लाहकार परिषद् र अन्तरिम केन्द्रीय सचिवालय गठन गर्न  प्रस्ताव गरिएको छ।
 
नयाँ शक्तिले प्रस्ताव गरेको प्रादेशिक परिषद् १ सय ५१ सदस्यीय, जिल्ला परिषद् १ सय १ सदस्यीय, नगर परिषद् ५१ सदस्यीय र गाउँ परिषद् ३१ सदस्यीय छ। बैठकमा राजनीतिक, संगठन, प्रशिक्षण, आर्थिक व्यवस्थापन लगायतका २४ वटा विभाग गठन गर्न तथा १८ वर्ष उमेर नपुगेका र सार्वजनिक छवि विग्रेका व्यक्तिलाई सदस्यता नदिन प्रस्ताव गरिएको छ । पार्टी प्रवक्ता देवकोटाले दुई दिने बैठकले प्रस्तावित निर्देशकालाई अन्तिम रुप दिने र त्यसपछि २ महिनासम्म संगठन विस्तारमा लाग्ने बताए।
 
३० बुँदे आचार संहिता
 
१.     नेपालमा भएका ऐतिहासिक राजनीतिक उपलव्धीहरुको म हृदयदेखि नै सम्मान गर्दछु ।
२.    यसकालागि महान शहीदहरुको योगदानको स्मरण गर्दै उहाँहरुको जीवन उत्सर्गको मूल्य र मान्यताबाट सदैव प्रेरित भइरहने छु । म शहीदको सपना पूरा गर्न प्रतिवद्ध छु ।
३.    म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मान गर्दछु । म मानवअधिकारको विश्वव्यापी मान्यताबाट निर्देशित भई नयाँशक्तिको राजनीतिक अभियानमा संलग्न हुनेछु ।
४.    म राजनीतिलाई अस्वस्थ विरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मक पहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु