पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि एकलौटी रूपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी, पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा उनले ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरसल्लाह नै नगरी सरकार चलाईरहेको बताए ।
सरकार सञ्चालनको अनुभव भएका व्यक्तिहरूसँग सल्लाह नलिँदा बेलाबेलामा सरकार समस्यामा फस्ने गरेको उनको जिकिर थियो । संघीय संरचनाको विषयमा अहिले भएको सात प्रदेशलाई चलाउन नहुने भन्दै उनले तराईमा भएको आन्दोलन मधेसी जनताको नभई केही जमिनदारको मात्र भएको आरोप पनि लगाए । इमेजखबरमा समाचार छ ।