सुशील कोइरालाको निधनपछि स्थगीत भएका नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी कार्यक्रम फागुन १ गतेबाट हुने

पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्थगीत भएका नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी कार्यक्रम फागुन १ गतेबाट हुने भएका छन्। 
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले फागुन १ गतेदेखि महाधिवेशनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले सेतोपाटीलाई जानकारी दिए। 
 
फागुन २० मा हुने केन्द्रीय महाधिवेशनका लागि कांग्रेसको जिल्ला अधिवेशन केही जिल्लामा सकिएको छ भने केही जिल्लामा बाँकि रहेको छ। सेतोपाटीमा समाचार छ ।