राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
मंगलबार दिउँसो दशरथ रंगशाला पुगेर राष्ट्रपति भण्डारीले कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेकी हुन् ।
यस्तै, प्रधानमन्त्री केपी ओली पनि स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि दिन रंगशाला पुगे ।
यस्तै, मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरु, संवैधानिक अंगका प्रमुखहरु, कर्मचारी, व्यापारी, सन्चारकर्मी, कलाकार, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारणले रंगशाला पुगेर कोइरालाप्रति श्रद्धाञ्जलि दिएका छन् ।
कोइरालाको शव बुधबार दिउँसो २ बजेसम्म श्रद्धाञ्जलिका लागि रंगशालामै राखिने छ भने २ बजेपछि शवयात्रा गरिने छ । बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तय भएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस ।