भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन् । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक व्यक्त गर्न भारत सरकारको तर्फबाट स्वराज आएकी हुन् । उनका साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबाल पनि आएका छन् ।
स्वाराज र डोबाल सहितक केही भारतीय सांसदहरुपनि काठमाडौं उत्रेका थिए । त्रिभुवन विमानस्थबाट भारतीय टोली सिधै दशरथ रंगशाला पुगेको थिए । काेइरालाप्रति अन्तिम श्रद्धान्जलि प्रकट गरेपछि स्वारजले प्रधानमन्त्री केपीशर्मा अोलीसँग भेट गर्ने र अाजै राति फर्किने कार्यक्रम छ । कान्तिपुरमा समाचार छ ।