पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन भूटानी गृह तथा सांस्कृतिक मन्त्री काठमाडौंमा

मंगलबार बिहान निधन भएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन भूटानी गृह तथा  सांस्कृतिक मन्त्री दावा ग्याल्छेन बुधबार काठमाडौं आउने भएका छन् ।
कोइरालालाई श्रद्धाञ्जलि दिन नेसनलिष्ट कंग्रेस पार्टीका नेता डीपी त्रिपाठी पनि बुधबार नै काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरी, नेता शरद यादव, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबललगायत आइसकेका छन् । कान्तिपुरमा समाचार छ ।