पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा श्रद्धाञ्जली अर्पण गर्न नेपाल आएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ।
दशरथ रंगशालामा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेर स्वराज प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।
भेटमा विदेशमन्त्री स्वराज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अतिज डोभल, सिताराम ऐचुरी, सरद यादव पनिसँगै रहेका छन्। भेटमा परराष्ट्रमन्त्री कमल थापा पनि सँगै छन्।
भेट पछि आजनै उनीहरु भारत फर्कने कार्यक्रम रहेको छ। नागरिकन्युजमा समाचार छ ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजद्धारा पूर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोइरालालाई अन्तिम श्रद्धाञ्जली व्यक्त
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपाली कांग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोइरालालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेकी छन्। विशेष विमानबाट काठमाडौं आएकी स्वराजले साँढे ५ बजे पछि दशरथ रंगशाला पुगेर कोइरालाप्रति श्रद्धाञ्जली ब्यक्त गरेकी हुन्।
उनीसँगै आएका भारतीय नेताहरु आनन्द शर्मा, शरद यादव, सिताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले कोइरालालाई श्रद्धाञ्जली दिएका छन्। स्वराजसँग नेपालमा लागि भारतीय राजदुत रञ्जित रेले पनि कोइरालालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। सेतोपाटीमा समाचार छ ।
तस्बिर : निमेषजंग राई, कान्तिपुर