कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले कास्की जिल्ला शोकमग्न

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले कास्की जिल्ला पनि शोकमग्न भएको छ ।
नेता कार्यकर्ताले सधैं भरिभराउ हुने पार्टी कार्यालय अहिले सुनसान छ । जिल्लाका अधिकांश नेता-कार्यकर्ता कोइरालाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौंमा जाँदा पार्टी कार्यालय सुनसान बनेको हो ।
पार्टीका विभिन्न तहमा रहँदै पार्टी सभापति हुँदा होस् वा प्रधानमन्त्री भएका बेला होस् कुनैबेला कोइरालामा अहंता-दम्भ कहिल्यै नदेखिएको कास्कीबासी ले बताएका छन् । – इमेजखबरमा समाचार छ ।