ताप्लेजुङमा पहिरोसँगै आएको बाढीले तमोर खोलामा पाइने माछा सखाप पारेपछि माझी बिचल्लीमा

गएको जेठ अन्तिम साता ताप्लेजुङका उत्तरी भेगमा खसेको पहिरोसँगै आएको बाढीले तमोर खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जिविकोपार्जन गर्दै आएका तमोर किनारका माझी बिचल्लीमा परेका छन् ।
तमोर नदीमा पाईने धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको हो । माछा मार्ने काम ठप्प भएपछि माझी युवा जाल, थकौली र बल्छी थन्क्याएर बिदेशिएका छन् ।
तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाटलगायत तमोर किनारका माझी बस्तीका माझीहरु कामको खोजीमा लागेका हुन् । तमोर किनारका विभिन्न स्थानमा करीब डेढ सय घर माझीको बसोबास रहेको छ । – इमेजखबरमा समाचार छ ।