युबराज कंडेल – उच्च माध्यमिक शिक्षा परिषद द्वारा लिईएको कक्षा ११ को परीक्षाको पुरक परिक्षा देशभरी शुक्रबार संचालन हुदैछ । गत महिना प्रकाशित भएको कक्षा ११ को नतिजामा एक विषयमा अनुत्रिर्ण भएका विद्यार्थीको लागि परिषदले पुरक परिक्षा लिन लागेको हो ।
लुम्बिनी अंचलमा पुरक परीक्षाको सम्पूर्ण तयारि भएको उच्च माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ. कार्यालयका अधिकृत बाबुराम भण्डारीका अनुसार शुक्रबारको परिक्षामा लुम्बिनी अंचलबाट ५ हजार ७३८ परीक्षार्थी सहभागी हुनेछन ।
पुरक परिक्षामा सबै भन्दा धेरै रुपन्देही जिल्लाका परीक्षार्थी सहभागी हुदैछन । यहाका ४ वटा केन्द्रहरुमा २ हजार ८८ जना परीक्षार्थीले परिक्षा दिदैछन. रुपन्देहीको बुटवल स्थित कालिका उच्च मावि केन्द्रमा मात्र ६०४ जना परिक्षार्थीहरु सहभागी हुदैछन । त्यसैगरी नवलपरासीका ३ वटा परिक्षा केन्द्रबाट एक हजाए ३५३ जना , पाल्पाका २ वटा केन्द्रबाट ८१६ जना र गुल्मीको एक केन्द्रबाट ६२९ जना परिक्षार्थीहरु परिक्षामा सहभागी हुने कार्यालयले जनाएको छ । कपिलवस्तु र अर्घाखाँचीबाट क्रमश ४३७ र ४१५ जना परिक्षामा सहभागी हुदैछन ।
गत असारमा संचालित कक्षा ११ को परिक्षामा नियमित विद्यार्थीको रुपमा परिक्षा दिएर एउटा विषयमा मात्र अनुत्रिर्ण भएका विद्यार्थीहरुले मात्र पुरक परिक्षा दिन पाउने व्यवस्था छ। यसै व्यवस्था अनुसार शुक्रबारको परिक्षामा सबै भन्दा धेरै अंग्रेजी विषयको परिक्षा दिने परिक्षार्थीहरु रहेका छन्, यो विषयमा मात्र २ हजार ६७ जना परीक्षार्थीले परिक्षा दिदैछन । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सम्पूर्ण परीक्षा केन्द्रमा उ.मा.शि.प. र जि.शि.का का अधिकृत स्तरका कर्मचारीलाई पर्यवेक्षणका लागि खटाइसकेको परिषदले जनाएको छ ।