प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन् । भारत सरकारले आज प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ । भारतको विदेश मन्त्रालयले आज मात्रै भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
भारत सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण जाने उनले बताए । त्यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ । सरकारले दुई चिकित्सकलाई मन्त्रिपरिषद्का चिकित्सकका रुपमा नियुक्त गरेको छ । प्रवक्ता राईका अनुसार डा दिव्यासिंह शर्मा र डा दिलीप शर्मालाई उक्त पदमा नियुक्त गरिएको हो । कान्तिपुरमा समाचार छ ।
नेपाल