चेयर अप नेपालले काठमाडौंको टुडिँखेलमा विश्व शान्तिको सन्देश फैलाउनका लागि मानव निर्मित बुद्धको प्रतिमा बनाएको छ।
१० हजारभन्दा बढी युवायुवतीको सहभागितामा चेयर अप नेपालले बुद्धको प्रतिमा बनाएको हो।
नेपाल लगायतका विश्वका विभिन्न देशमा अशान्ति मच्चिएको र नेपालमा नै बुद्ध जन्मिएको सन्देश दिनका लागि मानव निर्मित बुद्धको प्रतिमा बनाइएको चेयर अप नेपालले जनाएको छ । कार्यक्रममा मन्त्री विराज विष्ट, एमाले नेता महेश बस्नेत, हरिबंश आर्चाय, मदनकृष्ण श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो। सेतोपाटीमा समाचार छ ।