झाडापखालाबाट दैलेखमा दुई बालकको मृत्यु, १८ जना बिरामी

झाडापखालाबाट दैलेखमा दुई बालकको मृत्यु भएको छ। अन्य १८ जना बिरामी परेका छन्। 
 
मृत्यु हुनेमा तोलीजैसी-८ नैन तिरुवाका सातमहिने नाति अञ्जल विक र मन्दिरे तिरुवाका आठमहिने नाति कृष्ण विक छन्। गएराति स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको तोलीजैसीका टेकबहादुर थापाले जानकारी दिए।  
 
झाडापखाला लागेका बिरामी आउने क्रम जारी रहेकाले झाडापखालाले महामारी लिन सक्ने डा विकास शाहले बताए। उनले भने, ‘अहिले १८ जनाको उपचार भइरहेको छ, बिरामी आउने क्रम जारी छ।’ रासस