प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधाभोगी आचरणका कारण प्रशासनिक क्षेत्रले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् ।
ललितपुरमा लगानी बोर्डको आयोजनामा आइतबार देखि सुरु भएको पाँच दिने तालिमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले कर्मचारीहरुलाई विकास निर्माणका काममा क्षमता प्रदर्शन गरेर देखाउन आग्रह गरेका हुन्। उनले कर्मचारीहरुलाई कसैको डर नमानी काम गर्न आग्रहसमेत गरे।
ओलीले राजनीतिक नियुक्ति लिने व्यक्तिहरुले काममा भन्दा सुविधामा बढी ध्यान दिने गरेको भन्दै आफू कर्मचारीबाटै काम सम्पादन गराउनुपर्ने पक्षमा रहेको बताए। आफ्ना सल्लाहकारहरुलाई गाडी सुविधावापत जनही मासिक ५० हजार रुपैयाँ दिने विवादास्पद् निर्णय गरेका प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति लिने अधिकांशले तोकिएको जिम्मेवारी वहन गर्न चासो देखाउने नगरेको बताए।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले माथिल्लो कर्णाली र अरुण तेस्रो दुवै आयोजनाको कार्यान्वयनका लागि सहयोग गर्न सम्बन्धित जिल्लाका सांसद्हरुसँग आग्रह गरे। उनले आयोजनाबाट सम्बन्धित जिल्लावासी नै बढी लाभान्वित हुने भन्दै यस विषयमा सांसद्हरुले विरोधमा रहेका दलका नेता र स्थानीयवासीलाई बुझाउनुपर्ने बताए।
कार्यक्रममा मुख्यसचिव डा. सोमलाल सुवेदीले विकास निर्माणको कामलाई तिब्रता दिनका लागि फास्ट ट्रयाकबाट काम गर्न सरकारले कानूनहरु संशोधनको प्रक्रिया अगाडि बढाएको बताए। उनले वातावरणीय प्रभाव मूल्यांकन ढिलामा ३९ दिनमा सक्ने गरी नियमावली परिमार्जनको काम अन्तिम चरणमा पु