यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा असुल गर्ने सार्वजनिक सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना लिने भएको छ।
तोकेभन्दा बढि भाडा लिने सवारी साधनबारे अनुगमन सुरु गरिसकेको र बढी भाडा लिएको पाइए ५ हजारसम्म जरिवाना गरिने विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए। अनुगमको क्रममा अब भने विभागले सवारी साधनका मालिक तथा चालकबाट ५ हजार रुपैयाँ लिने अधिकारीले बताए।
अधिकारीका अनुसार अब भने बढी भाडा असुल गर्ने सवारी साधनको ब्लु बुक तथा सवारी चालक अनुमति पत्र यसअघि विभागले लिँदै आएको भएपनि अबदेखि समितिले लिन पाउने छैन। जसले गल्ति गर्छ उसलाई नै कारबाहीको दायरामा ल्याउनु पर्ने विभागको भनाई छ। सेतोपाटीमा समाचार छ ।