नेपाल विद्युत् प्राधिकरणले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसबाट लोडसेडिङ २ घण्टाले घटाउने भएको छ ।
भारतले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिने भएपछि प्राधिकरणले लोडसेडिङ २ घण्टा घटाउने भएको हो ।
प्राधिकरणले जनाएअनुसार भारतबाट असार दोस्रो सातासम्ममा ८० मेगावाट बराबर दैनिक १९ लाख ४६ हजार युनिट बिजुली किन्ने तयारी गरेको छ ।
सरकारले उर्जा संकट निवारण गर्ने घोषणा गरे अनुरुप तीन बर्षभित्र १ हजार ४ सय ५० मेगावाट बिजुली स्वदेशमा नै उत्पादन गर्ने लक्ष्य राखेको विद्युत प्राधिकरणले जनाएको छ । – इमेजखबरमा समाचार छ ।