कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वाचित

नेपाली कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन्।
बुधवार भएको जिल्ला अधिवेशनबाट बानियाँ आफ्ना प्रतिद्वन्द्वी निवर्तमान सभापतिसमेत रहेका सांसद भीमसेनदास प्रधानलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापतिमा विजयी बानियाँले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी प्रधानले ५६३ मतमात्रै प्राप्त गरे।
यसैगरी सचिवमा बानियाँकै प्यानलकै राजकुमार नकर्मी ६६९ मतका साथ विजयी भए। उनका प्रतिद्वन्द्वी प्रधान प्यानलका अर्जुन पराजुलीले ४४२ मत प्राप्त गरे।
यसैगरी कोषाध्यक्षमा पनि बानियाँकै प्यानलका गोबिन्द पुडासैनी निर्वाचित भएका छन्। पुडासैनीले ६४९ र उनका प्रतिद्वन्द्वी नर्बदा पोखरेलले ५४५ मतमात्रै प्राप्त गरिन्।
बानियाँको प्यानललाई कांग्रेस महामन्त्री प्रकाशमान सिंहको समर्थन थियो भने निर्वतमान सभापति प्रधानलाई संस्थापन पक्षकै अन्य नेताहरुको समर्थन रहेको थियो। सेतोपाटीमा समाचार छ ।