सत्तारुढ दलका नेताहरुद्धारा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण दुई देशबीच समझदारी विकास गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड

सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण दुई देशबीच समझदारी विकास गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले कतिपय विषयमा रहेका असमझदारी र अविश्वासको अवस्थालाई अन्त्य गर्दै प्रधानमन्त्रीको भ्रमणलाई समझदारी विकासमा केन्द्रित गर्न सुझाव दिएको हो ।
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणअघि नै संघीय प्रदेशहरुको सीमांकन विवाद समाधानका लागि समिति गठन गर्नेबारे पनि छलफल भएको थियो । – इमेजखबरमा समाचार छ ।