भारत भ्रमण मुख्यरुपमा नेपाल भारतबीचको सम्बन्ध सुधारमा केन्द्रित: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने आफ्नो भारत भ्रमण मुख्यरुपमा नेपाल भारतबीचको सम्बन्ध सुधारमा केन्द्रित हुने बताएका छन् ।
विश्व सम्बन्ध परिषदले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अहिले दुई देशबीचको सम्बन्धमा केही गलत बुझाइ रहेको भन्दै आफ्नो भारत भ्रमणपछि सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीले भ्रमणक्रममा आफूले दुबै देशको साझाहितका विषयमा कुरा राख्ने पनि बताए ।
मुलुकभित्र देखिएको राजनीतिक समस्या समाधानका लागि आफूहरु सक्षम रहेको भन्दै ओलीले सीमांकन विवाद समाधानका लागि राजनीतिक संयन्त्र बनाइने बताए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल र भारतले आर्थिक विकासको एजे्न्डामा छलफल केन्द्रित गर्नुपर्ने बताए । – इमेजखबरमा समाचार छ ।