काठमाडौंस्थित भृकुटीमन्डपमा जारी २७औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता

काठमाडौंस्थित भृकुटीमन्डपमा जारी २७औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।
प्रदर्शनीको शुक्रबार सभामुख ओनसरी घर्तीमगरले अवलोकन गरिन् । प्रदर्शनीको पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, सरकारी उच्चअधिकारीलगायतले अवलोकन गरिसकेका छन् ।
मंगलबारबाट सुरु प्रदर्शनीमा शुक्रबारसम्म ५ करोड रुपैयाँ बराबरको कारोबार भइसकेको आयोजक घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
लघु, घरेलु तथा साना उद्यमीबाट उत्पादित वस्तुहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कृषि, हस्तकला, पस्मिनालगायतका वस्तुहरु राखिएका छन् ।
मेला ९ गतेसम्म चल्ने छ । – इमेजखबरमा समाचार छ ।