भारतले मुज्जफर-ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत नेपाललाई दिएको छ।
हैदरावाद हाउसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढल्केबर मुजफरपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको रिमोट कन्टेलबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए। ढल्केबर मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आजैदेखि भारतबाट ८० मेगावाट विद्युत नेपालमा आपूर्ति भएको पनि त्यस अवसरमा जानकारी दिइएको थियो।
अहिले सो प्रसारण लाइनमा १५ मेगावाट विद्युत परीक्षणको रुपमा आइरहेको छ। भारतबाट ८० मेगावाट विद्युत आयात भएपछि दैनिक दुई घन्टासम्म लोडसेडिङ घट्ने उर्जा मन्त्रालयले बताएको छ।
भारतबाट उपलब्ध हुने बिद्युत क्रमस बढाउदै २०१७ को डिसेम्बर सम्ममा ६०० मेघावाट पुर्याउने पनि सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार नेपालको विद्युत प्राधिकरणले भारतको विद्युत व्यापार निगम लिमिटेडलाई प्रतियुनिट ५ रुपैयाँ ५० पैशा महशुल बुझाउने छ । सेतोपाटीमा समाचार छ ।