प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणका सम्बन्धमा आपसमा साझेदारी गर्ने विषयमा छलफलका लागि काठमाडौमा दक्षिण एसियाली क्षेत्रीय स्तरको कार्यशाला सुरु भएको छ।
प्रकोप पूर्वतयारी सञ्जाल नेपालको आयोजनामा दक्षिण एसियाका आठ वटै मुलुकका प्रतिनिधिको सहभागीतामा मंगलबार काठमाडौमा क्षेत्रीय कार्यशाला सुरु भएको हो। दक्षिण एसियाली मुलुकहरुले व्यहोर्दै आएका बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक प्रकोप समान खाले भएकाले प्रकोप न्युनिकरणमा साझेदारी आवश्यक रहेको कार्यशालाका सहभागीहरुले बताएका छन्।
दुई दिने कार्यशालाले क्षेत्रीय साझेदारीको कार्यक्रम तयार गर्ने आयोजकहरुले जानकारी दिएका छन्। सेतोपाटीमा समाचार छ ।