सोलुखुम्बुको तिङ्लामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

सोलुखुम्बुको तिङ्लामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट सोलुखुम्बुको मुक्लीका लागि सामान लिएर गइरहेको ना २ ख ५५४४ नम्बरको ट्रक सोमबार राति तिङ्लामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक मुक्ली-१ का भीमबहादुर बस्नेत र छत्रबहादुर बस्नेतको मात्र सनाखत भएको छ । दुर्घटनामा ट्रक चालक इन्द्र तामाङ घाइते भएका छन् । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।