भारतको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 भारतको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किएका छन् ।
भ्रमणको अन्तिम चरणमा मुम्बईमा रहेको ओलीले त्यहाँका उद्योगी-व्यवसायीसँग भेट गरी नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
त्यसअघि उनले हिजो गुजरातको भुजमा भूकम्पपछिको पुनर्निर्माणबारे अवलोकन भ्रमण गरेका थिए । ओली हिजै मुम्बई पुगेका हुन् ।
प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा हिजो साँझ मुम्बईका गभर्नर सी विद्यासागर रावले रात्रिभोज आयोजना गरेका थिए ।