सरकारले तारा एयरको जहाज दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा ५ सदस्यीय छानबनि समिति गठन गरिएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान म्याग्दीमा दुर्घटनामा परेको थियो। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा सवार चालक दलका ३ सदस्य र २० यात्रु सबैको मृत्यु भएको पुष्टि भएको छ। सेतोपाटीमा समाचार छ ।