सांसद एवम् पर्सा सभापति सुरेन्द्रप्रसाद चौधरीद्वारा कांग्रेस परित्यागको घोषणा

सांसद एवम् पर्सा सभापति सुरेन्द्रप्रसाद चौधरीले कांग्रेस परित्यागको घोषणा गरेका छन्। 
 
कांग्रेसमा गैरलोकतान्त्रिक प्रवृत्ति हाबी भएको भन्दै आफूले सांसदसहित कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी शुक्रवार पार्टी परित्यागको घोषणा गरेको चौधरीले सेतोपाटीलाई बताए। 
 
पर्सा-४ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पर्सा जिल्ला सभापति पनि हुन्। यसअघि पर्सामा भएको अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए। 
 
चौधरीले नक्कली मतदाता सूची बनाएर क्षेत्र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन भएको र आफूले महाधिवेशन प्रतिनिधिमा हारेको भनेर गलत प्रचार गरिएको बताए। उनले सेतोपाटीसंग भने-क्षेत्र नम्बर ४ पर्सामा अधिवेशन नै भएको छैन। जाली मतदाता सूची बनाएर पार्टीलाई एउटा समूहले बुझायो। त्यसलाई र्नै पार्टीले स्वीकारेकाले मैले पार्टीमा बस्नुको औचित्य ठानिन।
 
कांग्रेस कन्जरभेटिभ पार्टी भएको आरोप लगाउँदै चौधरीले भने-यस्तो कन्जरभेटिभ पार्टीमा हामीजस्तो मान्छे बस्न सकिन्न। सेतोपाटीमा समाचार छ ।