राष्ट्रपतिद्वारा नेपालको संविधानको पहिलो संशोधन विधेयक-२०७२ प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नेपालको संविधानको पहिलो संशोधन विधेयक, २०७२’ आज प्रमाणीकरण भएको छ ।
व्यवस्थापिका-संसदले माघ ९ गते पारित गरेको विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गरेकी थिइ । प्रमाणित विधेयकलाई प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो ।
मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता गराएको थियो । विधेयकमाथि संसदमा लामो समयसम्म सैद्धान्तिक र दफावार छलफल भएपछि विधेयक पारित भएको थियो ।
नेपालको संविधानलाई संशोधन गर्न हालै बनेको विधेयकले संविधानका तीनवटा धारालाई संशोधन गरेको छ ।
संविधानको धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत समावेशी सिद्धान्तको आधारमा भन्ने स्थानमा समानुपातिक समावेशी हुने व्यवस्था गरिएको छ ।
धारा ८४ मा ‘भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्ने’ भन्ने व्यवस्था रहेकोमा