नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् ।
पाण्डेले प्रतिद्वन्द्वी सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
पाण्डेले खसेको कुल २ सय ५६ मतमध्ये १ सय ४२ तथा बस्नेतले १ सय १४ मत प्राप्त गरे। मत परिणामले सबै मिलेर जानुपर्छ भन्ने सन्देश दिएको भन्दै पाण्डेले यसका लागि घोषित एजेन्डालाई पूरा गर्दै समग्र व्यवसायको हितमा काम गर्न आगामी दिनमा सबैको साथको अपेक्षा गरेको बताए ।
त्यस्तै, उपाध्यक्ष पदमा बस्नेत समूहबाट राजेन्द्र रिजाल प्रथम उपाध्यक्ष, बस्नेत समूहबाटै निरज सिटौला र पाण्डे समूहबाट विष्णुहरि पाण्डे क्रमशः द्वतिय तथा तृतिय उपाध्यक्षका रुपमा निर्वाचित भए । उनीहरुले क्रमश १ सय २८, १ सय २६ तथा १ सय २३ मत प्राप्त गरेका थिए ।
विवादस्पद व्यवसायी तिमिल्सिनालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । उपाध्यक्षका अन्य प्रतिद्वन्द्वि शालिकराम भण्डारीले १ सय २०, महेशबाबु तिमिल्सिनाले १ सय १४ तथा यशोधा भट्टराईले १ सय २ मत प्राप्त गरेका थिए । त्यस्तै, महासचिव पदमा प्रतिद्वन्द्वि महेश भण्डारीलाई ५९ मतले पराजित गर्दै १ सय ५५ साथ सन्तोष प्याकुरेल निर्वाचित भएका छन् ।
प्रथम सचिवमा १ सय ६२ मतका साथ देवीदास भट्टराई, तथा द्वतिय सचिवका रुपमा १ सय १७ मतका साथ उमेश ढुंगेल निर्वाचित भएका छन् । सचिवका उम्मेदवार रजनी श्रेण्ठले १ सय १० तथा अर्को उम्मेदवार श्रीराम पौडेल १ सय ८ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बुले निर्वाचित भए ।
उनले १ सय ४१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वि भरत रेग्मीले जम्मा १ सय ७ मत प्राप्त गरे । सह