पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको वितरणका लागि ६५ अर्ब रुपैयाँँ निकासा

 अर्थ मन्त्रालयले पुनर्निर्माण प्राधिकरणलाई निजी घर पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको पहिलो किस्ता रकम वितरणका लागि ६५ अर्ब रुपैयाँँ निकासा दिएको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयले निकासाको निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘६५ अर्ब निकासा भइसक्यो,’ उनले भने, ‘अब प्रक्रिया पूरा गरी भूकम्पबाट क्षति भएको घर पुनर्निर्माण गर्न पहिलो किस्ता वितरण गर्न प्राधिकरणलाई बाटो खुला भएको छ ।’ कान्तिपुरमा समाचार छ ।  
पूर्ण रूपमा निजी घर भत्किएको परिवारलाई पहिलो किस्ता अन्तर्गत ५० हजार रुपैयाँका दरले वितरण गर्नका लागि उक्त रकम निकासा दिइएको हो । पहिलो चरणमा आगामी २० गतेबाट दोलखाको सिंगटीबाट उक्त रकम वितरण सुरु गरिने प्राधिकरणले जनाएको छ ।