कन्चनपुरको कलुवापुर बजारका होटल व्यवसायीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई पक्राउ गरीसार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले मंगलबार पत्रकार सम्मेलन गरी अधियुक्तहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा कन्चनपुर झलारी पीपलाडी नगरपालिका-११ का १८ वर्षीय सुरज साउद, सोही ठाउँका १८ वर्षीय इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदीप महरा र वडा नम्बर-३ का १८ वर्षीय कृष्णसिंह साउद छन् ।
प्रहरीले हत्यामा प्रयोग गरिएको चक्कु, होटलको खाता र मृतकको मोबाइल नदीको बगरमा बालुवामा गाडिएको अवस्थामा बरामद गरेको पनि जनाएको छ ।
अभियुक्तहरुले रातको समयमा होटलमा गइ अत्याधिक मदिरा सेवन गरी नसाको आवेगमा होटल सन्चालकको विभत्स हत्या गरेको देखिएको कन्चनपुरका प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारीले जानकारी दिए । इमेजखबरमा समाचार छ ।