कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन बिहारका मुख्यमन्त्री नितिश कुमार काठमाडौंमा

बिहारका मुख्यमन्त्री नितिश कुमार काठमाडौं आइपुगेका छन्। भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन उनी नेपाल आएका हुन्।
नेता नितिशकुमारले आजै महाराजगञ्जस्थित काँग्रेस नेता ससांक कोइरालाको निवासमा पुगेर कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको छ। यसैगरी आज साँझ एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्ने कार्यक्रम छ। सेतोपाटीमा समाचार छ ।