मधेशी मोर्चाद्वारा संघर्षका ‘नरम’ कार्यक्रम सार्वजनिक

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघर्षका थप कार्यक्रम तय गरेको छ।
मंगलबार र बुधबार बसेको मोर्चाको बैठकले फागु पुर्णिमामा अघि चैत ७ गते नयाँ संविधान जारी गर्ने सभासदहरुको पुत्ला दहन गर्न निर्णय गरेको छ।  होलिका दहनको सन्दर्भ पारेर सभासदहरुको पुत्ला दहन गरिने बैठकपछि मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघीयताको सीमाङ्कन लगायत संविधानका कतिपय प्रावधानमाथि विरोध जनाउँदै आन्दोलनमा रहेको मोर्चाले थप संघर्षका कार्यक्रम तय गरेको हो।
यसअघि नाकाबन्दी, आमहड्ताल जस्ता कार्यक्रम गरेको मोर्चाले संघर्षका ‘नरम’ कार्यक्रम तय गरेको हो। पुत्ला दहनबाहेक मोर्चाले हस्ताक्षर संकलन, जनसभा र ‘हल्ला बोल’ लगायतका कार्यक्रम तय गरेको छ। सेतोपाटीमा समाचार छ ।