बिहीबारबाट सुरू भएको नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिँदै प्रधानमन्त्री केपी ओलीले यो महाधिवेशन कर्मकाण्डी मात्र होइन काँधमा जिम्मेवारी छ। वहन गर्नसक्ने गरी तयार राख्न सुझाव दिएका छन्।
महाधिवेशनको भव्य र पूर्ण सफलताका लागि आफू र पार्टीको तर्फबाट शुभकामना दिँदै ओलीले महाधिवेशनबाट पार्टीले नीतिगत र कार्यनीतिमा स्पष्ट पार्दै लोकतन्त्र र गणतन्त्रलाई सुद्धृढ गरी विकास निर्माणलाई अगाडि बढाउन भनेका छन्।
कार्यक्रममा उनले हिजै मात्र मन्त्रिपरिषदको बैठकमा फासी दिएका भीमनारायण, क्याप्टेन यज्ञबहादुरदेखि ऋषिदेवसम्का २२ जनालाई शहिदको दर्जा दिएको स्मरण गरे।
लामो इतिहास बोकेको पार्टीबाट जनताले सकारात्मक अपेक्षा गरेजस्तै मैले पनि सहमति र सहकार्यको अपेक्षा गरेको छु, ओलीले भने,
हामी अब आर्थिक उन्नतीको नयाँ चरणमा प्रवेश गरेको अवस्थामा विगतका हाम्रा तरिका परिवर्तन गरी नेपालका सबै दल त्यसमा पनि एमाले कांग्रेस लाग्नुपर्छ र त्यसका लागि कांग्रेस लागोस।
नेपालका विभिन्न भाषाभाषी, जात जाति, क्षेत्र समुदायको सम्मान गरी सबैका लागि मिलेर काम गर्नु जरुरी रहेको भन्दै ओलीले यो महाधिवेशनको गम्भीरताका साथ ध्यान जानेमा विश्वास लिए।
विभिन्न देशबाट आएका विदेशी पाहुनाले यो कार्यक्रममा सहभागी भएर नेपालको विकास, एकता र उन्नतिका लागि देखाएको समर्थन भएको उनले बताए।
सबै जनताले भरपर्दो, सबल, इमान र बचनमा अडेको कांग्रेस बनोस् भन्ने चाहन्छन् र म यहि देख्न चाहन्छु, ओलीले भने। सेतोपाटीमा समाचार छ ।