भारत, विहारका मुख्यमन्त्री नीतिशकुमारले नेपाल आफ्ना समस्याहरुको समाधान गर्न आफैं सक्षम रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोहलाई विहीबार सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको अटुट नाता कहिल्यै कसैले टुटाउन सक्दैन-भने ।
भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइरालालगायतका नेपाली नेताहरुको योगदान रहेको स्मरण गर्दै उनले अहिलेको नेपाली नेतृत्व पनि आफैं अघि बढ्न सक्छ-भने ।
त्यसैगरी, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालले इतिहासदेखि नै नयाँ विचार र ज्ञान विश्वलाई दिँदै आएको बताए ।
नेपाल र भारतको एउटै नियति रहेको भन्दै कोसियारीले