दशौं सार्क प्रधानन्यायाधीश र तेह्रौं सार्क कानुन व्यवसायीहरुको सम्मेलन काठमाडौंमा सुरु

दशौं सार्क प्रधानन्यायाधीश र तेह्रौं सार्क कानुन व्यवसायीहरुको सम्मेलन सुरु भएको छ । काठमाडौंको हायत होटलमा शनिबारदेखि सुरु भएको सम्मेलनमा सार्क राष्ट्रका प्रधानन्यायाधीश र ३ सय ५० भन्दा बढी कानुन व्यवसायी सहभागी छन् ।
सम्मेलनमा सम्बोधन गर्दै प्रधानन्यायधीश कल्याण श्रेष्ठले सार्क क्षेत्रमा भएको विविधता सहितको एकसुत्रमा बाँध्ने मानव अधिकार कानुन लागू गर्नुपर्ने बताए । उनले युरोपियन युनियनले आफू सम्वद्ध राष्ट्रहरुमा लगाएको एकसुत्रीय कानुन जस्तै सार्क राष्ट्रमा एकसुत्रीय कानुन लगाउनुपर्ने बताए ।
यसैगरी सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी ओलीले संसारमा उत्कृष्ट मानिएका संविधानमा भन्दा गत असोजमा जारी भएको नेपालको संविधान कम नभएको बदाबी गरे । उनले भने, ‘उत्कृष्ट संविधान भनिएका संविधानमा भन्दा हाम्रो संविधानले धेरै मौलिक हकको व्यवस्था गरेको छ ।’
सम्मेलन दुई दिनसम्म चल्नेछ । कान्तिपुरमा समाचार छ ।