डडेलधुराको मडिलेख गाउँ विकास समिति १ रडुवामा जिप दुर्घटना हुँदा तिन जनाको घट्ना स्थलमै मृत्यु भएको छ ।
से १ ज ७०६ को जिप शनिबार साझ मडिलेखबाट सदरमुकाम अमरगढी आउदै गर्दा दुर्घटाना ग्रस्त भएको हो ।
सागुरो बाटो भएकाले जिप दुर्घटना भएको डडेलधुरा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा छबिलाल अवस्थी, खडक राज अवस्थी र शेरबहादुर भुल रहेका छन । जिप चालक र धनीसमेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।