राष्ट्रिय पुनर्निमाण प्राधिकरणले फागुन अन्तिमबाट भूकम्प पिडितहरुलाई अनुदान रकम वितरण थाल्ने

 राष्ट्रिय पुनर्निमाण प्राधिकरणले फागुन अन्तिमबाट मात्र भूकम्प पिडितहरुलाई अनुदान रकम वितरण थाल्ने भएको छ ।
यसअघि प्राधिकरणले फागुन २० गतेबाट भूकम्प पिडितहरुलाई अनुदान रकम बितरण सुरु गर्ने जनाएको थियो ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणले दोलखाको सिंगटीबाट अनुदान रकम वितरण थालिने र त्यसका लागि सबै तयारी पुरा भएको जनाएको छ । प्राधिकरणले आवास पुनर्निर्माणका लागि तीन किस्तामा गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने छ ।
पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले चैतसम्ममा उपत्यका बाहिरका ११ जिल्लामा अनुदान वितरणको लागि नाम दर्ता गरिने र वैशाखसम्ममा सबै गाविसहरुमा अनुदान रकम पठाइने जानकारी दिए ।
सर्वेक्षण सकिएका ठाउँहरुमा तत्काल अनुदान रकम वितरणको ब्यवस्था मिलाइएको पनि ज्ञवालीले जानकारी दिए । इमेजखबरमा समाचार छ ।