बर्दियाको बबईमा जन्ती गएर फर्कदै गरेको बस पल्टँदा ४ जनाको मृत्यु, २६ जना घाईते

बर्दियाको बबई नगरपालिका वार्ड नं ६ स्थित जम्ती खोलाको पुल नजिकै जन्ती गएर फर्कदै गरेको बस पल्टँदा ४ जनाको मृत्यु भएको छ ।
उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । धधवार गाउँ विकास समिति वार्ड नं ७ औरीजुट्टाबाट जन्ती लिइ बबई नगरपालिका वार्ड नं. १० साईपुरबाट बिदा भई फर्किने क्रममा गएराति बस पल्टिएको हो ।
मृत्यु हुनेमा धधवार गाविस वार्ड नं ७ का विष्णु थारु, सन्तोष थारु, निरज थारु, अरुण थारु छन् । दुर्घटनामा २६ जना घाईते भएका छन् । घाईतेको बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।