काठमाडौं – निर्वाचन आयोगले लगातार तीन वर्ष सम्म आय-व्यय विवरणको प्रतिवेदन पेस नगरेको भन्दै खानेपानी तथा सरसफाईमन्त्री प्रेम बहादुर सिंहको पार्टी खारेज गरेको छ। सिंहको समाजवादी जनता पार्टी सहित १५ वटा राजनीतिक दल दर्ता खारेज गरेको निर्वाचन आयोगले जनाएको छ।
सिंहले भने आफ्नो पार्टी खारेज नभएको र आयोगले कानुन विपरित काम गरेको दावी गरे। नागरिकसँग उनले भने, ‘निर्वाचन आयोगलाई यस्तो अधिकार छैन।’
आयोगले निर्वाचन आयोग ऐन २०६३ को दफा २४ को उपदफा १ बमोजिम तीन बर्ष सम्म लगातार आय-व्ययको विवरण नबुझाको र निर्धारित समय भित्र स्पष्टिकरण समेत पेस नगरेका कारण दल खारेज भएको प्रवक्ता वासुदेव गुरागाईंले जानकारी दिए।
तीन मन्त्रीका पार्टीलाई जरिवाना
साथै आयोगले तीन मन्त्रीका पार्टी सहित विभिन्न १ सय २० पार्टीलाई समयमा आय-व्यय नवुझाएकोले जरिवाना गरेको छ। आयोगले उनीहरुलाई १ सय रुपैँया जरीवाना गरेको छ।
जरिवानामा पर्ने मन्त्रीका पार्टीहरुमा उप-प्रधान तथा महिला बालबालिकामन्त्री सिपि मैनालीको नेकपा (माले), विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र उद्योग राज्यमन्त्री मेघराज नेपालीको मधेस समता पार्टी छन्। नागरिकन्युजमा समाचार छ ।
दर्ता खारेजहुने पार्टीहरुको सूची:
१. समाजवादी जनता पार्टी
२.जनता दल युनाइटेड
३.जनता पार्टी नेपाल
४.नेपाली जनता पार्टी
५.नेपाल जनभावना पार्टी
६.स