बझाङमा ३ जना महिलाको माटाेकाे ढिस्कोमा पुरिएर मृत्यु

बझाङमा शुक्ररबार ३ जना महिलाको माटाेकाे ढिस्कोमा पुरिएर ज्यान गएकाे छ।
 
घर पोत्नका लागि माटो खन्न गएका खिरागडी गाविस २ की ४० वर्षिया कान्तामती कार्की, सोही गाविसकी २८ वर्षिया श्रीमती विष्णादेवि पन्त र ३६ वर्षिया पशुपति कार्कीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।
 
माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनीहरुको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएकाे छ। सेतोपाटीमा समाचार छ ।