उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच आधादर्जन विषयमा सहमति हुने बताएका छन् ।
राप्रपा नेपाल निकटका पत्रकारहरुको संगठन मिडिया नेपालको सोमबार राजधानीमा सुरुआत गर्दै उनले चीनसँग पारवहन तथा व्यापार, लगानीलगायतका विषयमा छलफल भइ सहमति हुने बताए ।
प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने उनको दाबी थियो ।
मन्त्री थापाले पोखरामा आयोजित सार्क मन्त्रिपरिषद बैठकमा विगतमा भएका सहमतिहरु कार्यान्वयनको समीक्षा हुने र नयाँ कार्ययोजनाबारे छलफल हुने बताए ।
कार्यक्रममा गोपाल पौडेलको अध्यक्षतामा मिडिया नेपालको तदर्थ समिति घोषणा गरिएको थियो । इमेजखबरमा समाचार छ ।