भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको आरए-२०६ नम्बरको फ्लाइटमा बम भएको हल्ला चलेपछि निवमानस्थलमै उक्त विमानलाई रोकिएको छ ।
उड्ने तयारीमा रहेको विमानलाई एकाएक रोकेर सुरक्षा जाँच भइरहेको छ । विमानमा मधेशी दलका नेताहरु रहेका छन् ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्ने तयारीमा रहेको अवस्थामा प्लेनमा बम भएको सूचना पाएपछि सुरक्षा अधिकारीहरुले सबै यात्रुलाई ओरालेर जाँच सुरु गरेका हुन् । इमेजखबरमा समाचार छ ।