दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को आगामी बैठक यसैवर्ष नोभेम्बरको ८, ९ र १० तारीखमा पाकिस्तानमा हुने भएको छ ।
सम्मेलनमा पाकिस्तानमा हुने यसअघि नै तय भएपनि त्यसको तिथि भने पोखरामा जारी सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठकले बिहीबार टुङ्गो लगाएको हो ।
त्यस्तै सार्कको विपद व्यवस्थापन सम्बन्धी केन्द्र कहाँ राख्ने विवाद पनि टुङ्गएिको छ । भारत र पाकिस्तानको त्यसमा दावी रहेपछि त्यसलाई टुक्रयाएर वातावरण र उर्जा पाकिस्तानमा र विपद व्यवस्थापन भारतमा राख्ने सहमति भएको बैठक स्रोतले जनाएको छ ।
बैठकको समापनपछि पत्रकार सम्मेलनको आयोजना गरी निर्णयहरु बारे जानकारी दिइने कार्यक्रम छ । कान्तिपुरमा समाचार छ ।