गृह मन्त्रालयले एक साताको अवधिमा इन्धन कालोबजारीमा संलग्न १७ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बिहीवार एक विज्ञप्ति जारी गर्दै सो अवधिमा दश हजार ३४५ लिटर डिजल र ४६६ वटा ग्यास सिलिन्डरको गैरकानुनी वितरणमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएका छन्।
त्यस्तै मन्त्रालयले बुधबार अपराह्न डोल्पाको सर्मी गाविसमा मोटरबाटो खन्ने क्रममा माटाको ढिस्को खसी घाइते भएका चार जना कामदारलाई नेपाली सेनाको हेलिकोप्टरबाट बिहीवार उद्धार गरी उपचारार्थ मेडिकल कलेज कोहोलपुर पुर्याइएको समेत उल्लेख गरेको छ। रासस