दोलखाको मुलुङबाट काठमाडौं जाँदै गरेको बा३ख ७९३८ नम्बरको यात्रुबाहक बस शुक्रबार काभ्रेको केराघारीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा, डाँडाखर्ककी सुष्मा विकको सनाखत भएको छ भने अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
७० जना यात्रु बोकेर तीव्रगतिमा आइरहेको बसले धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा३९प ८६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चाकलको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । इमेजखबरमा समाचार छ ।